Sunday, December 28, 2008

सजाए फूलको थुँगा हो जिन्दगी बिछ्याए कोसेढुङ्गा हो जिन्दगी डुबाए डुब्छ, बगाए बग्छ यो तैराए आफैँ डुङ्गा हो जिन्दगी थुने पिँजडा संसार यसको उडाए आफैँ चङ्गा हो जिन्दगी पवित्र जल मन्दिरमा यो चढाए हुने गङ्गा हो जिन्दगी /